भुटान जाने नेपाली जुनियर ब्याडमिन्टन टोलीलाई राखेपद्वारा विदाइ
  • प्रमुख खबर

श्रावण २८ गते, बुधबार
पाेखरा ।।
भुटानमा आयाेजना हुने जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुने नेपाली ब्याडमिन्टन टोलीलाई राष्ट्रिय खेलकुद परिषद्(राखेपका)का सदस्य–सचिव टंकलाल घिसिङले एक विशेष कार्यक्रमका बीच विदाइ गरेका छन्।

नेपाली ब्याडमिन्टन टोलीलाई विदाई गर्दै घिसिङले खेलाडीहरूलाई अनुशासित, आत्मविश्वासी र टीम स्पिरिटका साथ प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे ।

उनले यस प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुल्न एउटा महत्त्वपूर्ण प्याल्टफम भएको बताए। प्रतियोगिता भुटानको राजधानी थिम्पुमा आगामी अगस्ट १५ देखि १८ तारिखसम्म सञ्चालन हुनेछ।

साे प्रतियोगितामा नेपालबाट विभिन्न उमेर समूहका खेलाडीहरू सहभागी हुँदैछन्। यु–१५ मा सहभागी हुने खेलाडीहरुमा दीप थिङ, सुदेश राजकोटी, स्वर्णिम श्रेष्ठ र निभा राई । यु–१७ मा सुविन श्रेष्ठ, सदिप राई, रिहाना शेरचन र दिलाशा थापा ।

यस्तै यु–२० मा प्रिन्स दाहाल, क्षितिज खनाल, रशिला महर्जन र आयुष्मा नेपाल रहेका छन् ।

त्यस्तै यस प्रतियोगितामा प्रशिक्षकका रुपमा सुनिल बराही र व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेकाे नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्