मौसम पूर्वामुमान: हल्कादेखि मध्यम वर्षा
  • प्रमुख खबर

भाद्र ०८, पोखरा ।।
आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी पहाडी क्षेत्रका केही र तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

यस्तै लुम्बिनी र सुदूरपश्चिमको तराई भू–भागमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति लुम्बिनी र सुदूरपश्चिमको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्नेछ । बागमती, गण्डकी र सुदूरपश्चिमको केही ठाउँ र बाँकी पहाडी, तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्