राखेप सदस्य–सचिव घिसिङद्वारा विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा जाने टोलीलाई विदाइ
  • प्रमुख खबर

भाद्र १२ गते, बिहिबार
पाेखरा ।। राष्ट्रिय खेलकुद परिषद्का (राखेप) सदस्य–सचिव टंकलाल घिसिङले विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई एक कार्यक्रमकाबीच बिदाइ गरेका छन् ।

मलेसियाको राजधानी क्वालालम्पुरमा भदौ १४ देखि १६ गतेसम्म हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टाेलीलाई घिसिङले बिदाइ गरेका हुन् ।

प्रतियाेगितामा नेपालबाट १८ सदस्यीय टोली रहेका छन् । जसमा १४ जना खेलाडी र ४ जना प्रशिक्षक तथा व्यवस्थापक छन्।

बिदाइ कार्यक्रममा बाेल्दै सदस्य–सचिव घिसिङले अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागिताले खेलाडीको अनुभव र आत्मविश्वास बढ्ने बताउँदै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।

नेपाल स्क्रेबल संघका अनुसार पछिल्लो केही वर्षयता विद्यालय स्तरमा स्क्रेबल खेलप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

यही कारण यसपटक ठूलो संख्यामा युवा खेलाडी छनोट भई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न मलेसिया प्रस्थान गर्न लागेका हुन्।

नेपालले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय स्क्रेबल प्रतियोगितामा सहभागिता जनाइ सकेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्