दसैंका लागि नयाँ नोट भदौ २९ देखि असोज १० सम्म साट्न सकिने
  • प्रमुख खबर

 भदौ १५,पोखरा

आगामी विजया दशमी पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न सकिनेछ।

मुद्रा व्यवस्थापन विभागका अनुसार नोट साट्न थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयसहित प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा सुविधा उपलब्ध हुनेछ।

यस्तै, इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सर्वसाधारण तथा संघ–संस्थाले कारोबारको समयमा सुकिला नोट साट्न सक्नेछन्।

यस वर्षको विजया दशमी असोज १६ गते परेको छ। घटस्थापना असोज ६ गते, फूलपाती असोज १३ गते र महाअष्टमी, महानवमी हुँदै असोज १६ गते टीका–जमरासहित दशैंको मुख्य दिन मनाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्