पोखरामा पहिलो पटक “प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ” हुने
  • प्रमुख खबर

भाद्र १८, पोखरा ।।
पोखरामा पहिलो पटक “प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ प्रतियोगिता–२०८२” हुने भएको छ। आर्म रेस्लिङ संघ, कास्कीको आयोजनामा आगामी भदौ २० र २१ गते
उक्त प्रतियोगिता हुँदैछ।

प्रतियोगिता लेकसाइडस्थित आइभिवाई क्लबमा हुने संघका अध्यक्ष नविन गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगितामा ४ विधामा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत ६० केजी मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथि गरी ४ तौल समुह छन् ।

आयोजकका अनुसार हरेक विधामा समान पुरस्कारको व्यवस्था गरिएको छ। जसमा प्रथम हुने खेलाडीले नगद रु ५० हजार, दोस्रोलाई रु २५ हजार र तेस्रोले रु १० हजार सहित मेडल र प्रमाण-पत्र प्राप्त गर्ने बताइएको छ ।

यस्तै, “च्याम्पियन अफ च्याम्पियन” बन्ने खेलाडीले थप एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। आयोजकका अनुसार यो हालसम्मको सबैभन्दा ठूलो पुरस्कार राशी हो।

प्रतियोगिताको पुरस्कार रकम मात्रै करिब ४ लाख ५० हजार रुपैयाँ पुग्नेछ भने सम्पूर्ण प्रतियोगिता सञ्चालनमा २३ लाख १९ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस प्रतियोगिताका संयोजक खली थापाका अनुसार प्रतियोगितामा देशभरका करिब डेढ सयभन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ। उनले प्रतियोगितामा सहभागी जनाउन चाहाने इच्छुक खेलाडीले भदौ १८ गतेसम्म आवेदन दिन सकिने बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्