सामाजिक सञ्जाल नियन्त्रण:अभिव्यक्ति स्वतन्त्रता दबाउने सरकारको प्रयास- माओवादी केन्द्र
  • प्रमुख खबर

भाद्र १९, काठमाडौं

नेकपा (माओवादी केन्द्र) ले सरकारले सामाजिक सञ्जाल नियमनको नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न खोजेको आरोप लगाएको छ ।

पार्टी पदाधिकारीहरूको बिहीबार पेरिसडाँडामा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जाल नियमन आवश्यक भए पनि सरकारको हालको गतिविधि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर लागेको देखिएको टिप्पणी गरे ।

“यस विषयमा हामी गम्भीर अध्ययन गर्दैछौँ । अध्ययनपछि आधिकारिक धारणा सार्वजनिक गर्नेछौँ । तर पहिलो दृष्टिमा सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई दबाउनेतर्फ कदम चालेको जस्तो देखिन्छ,” उनले भने ।

सापकोटाले नियमनको नाममा स्वतन्त्र विचार र आवाजमाथि नियन्त्रण गर्ने प्रयास हुनु अस्वीकार्य हुने स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया दिनुहोस्