पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमतीको हात काटियो
  • प्रमुख खबर

अश्विन २, काठमाडौ

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको बायाँ हात काटिएको छ।

गत भदौ २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले डल्लुस्थित उनको घरमै आगजनी गरेका थिए। गम्भीर रूपमा जलेकी उनलाई तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना गरिएको थियो। प्रारम्भिक उपचारमा उनको हात ४० प्रतिशत जलेको बताइएको थियो। तर, पछिल्लो अवस्थामा थप संक्रमण (इन्फेक्सन) बढेपछि चिकित्सकहरूले उनको हात काट्नुपरेको अस्पताल स्रोतले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्