असोज ९, काठमाडौं ।।
पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँ शक्तिको अभियानबाट आफू अलग नभएको बताएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पद बुधबार त्याग गरेका उनले सो कुरा बताएका हुन्।
उनले भने,”म कुनैपनि आन्दोलनबाट अलग भएको छैन । नयाँ वैकल्पिक शक्तिको अभियानमा म हिजो पनि थिए, आज पनि छु र भोलिपनि रहनेछु ।” उनले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन प्रेरित गर्ने उद्देश्य सहित आफूले गरेको निर्णयलाई नैतिक जिम्मेवारीको आधारमा गरिएको बताए।
विद्रोहका बेला दुलोभित्र लुकेर बसेका पुराना भ्रष्ट नेताहरू आज फेरि बाहिर निस्केर सक्रिय हुन थालेकोमा उनले कडा टिप्पणी पनि गरेका छन् ।
भट्टराईले भने,”पुरानै शैलीमा राजनीतिलाई कब्जा गर्ने खेल फेरि नदोहोरियोस्, सतर्क रहनुपर्ने बेला यही हो ।”
उनले राजनीति सुधारका लागि तीन प्रमुख कारण औंल्याएका छन्।
ती प्रमुख कारणहरूमा स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने, भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्न तत्काल शक्तिशाली आयोग गठन गर्नुपर्ने र पुराना शैलीको राजनीतिलाई अन्त्य गरेर नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने बताए ।
उनका अनुसार विषेशगरी यो वैकल्पिक अभियान कुनै व्यक्तिको लागि नभई राष्ट्रको नयाँ सम्भावना निर्माणको लागि भएको पनि बताए।










