साफ यू–१७ च्याम्पियनसिप: नेपाल–भारतबीच निर्णायक भिडन्त आज साँझ
  • प्रमुख खबर

असोज ९, काठमाडौं ।।
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले विहिबार(आज) बलियो प्रतिस्पर्धी भारतकाे सामना गर्दैछ ।

कोलम्बोस्थित कोलम्बो रेसकोर्स स्टेडियम हुने खेल नेपाली समय अनुसार अहिले साँझ ७: ४५ बजेदेखि सुरु हुँदैछ ।

नेपाल समुह ‘ए’ मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा खेलेका २ खेलमा एक खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने अर्को खेलमा बंगलादेशसँग ४-० ले हार बेहोरेको थियो ।

त्यस्तै भारत भने समुह ‘बी’ मा अपराजित हुँदै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो भने भुटानलाई १-० ले र पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टाेलीमा गोलकिपरमा पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् ।

यस्तै डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् ।

मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्