असाेज १०, काठमाण्डाैं ।।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
नेपालले आगामी अक्टोबर २६ मा भारतको सिक्किममा मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। साेही खेलकाे लागि एन्फाले टोलीको प्रारम्भिक सूची सार्वजनिक गरेको हाे ।
घोषित टोलीमा गोलकिपरमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, सुशीला चौधरी र लीला जोशी परेका छन्।
डिफेन्डरमा निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राणा, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल र नेहा कुमारी छोरी चयन भएका छन्।
यस्तै मिडफिल्डरतर्फ विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल, चन्द्र भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही र शौर्यपौली सुक्रिया मिया रहेका छन्।
त्यस्तै, फरवार्ड लाइनमा रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर र सावित्रा भण्डारीले स्थान पाएका छन्।
एन्फाले उक्त खेललाई आगामी प्रतियोगिताका लागि तयारीको अवसरका रूपमा लिएको जनाएको छ।













