प्रचण्डले छाडे अध्यक्ष पद, अब महाधिवेशन आयोजक समितिको संयोजक मात्र
  • प्रमुख खबर

Oplus_131072

असोज १०, काठमाडौं ।।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू पार्टी अध्यक्ष नरहेको घोषणा गरेका छन् ।

शुक्रबार(आज)काठमाडौंमा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनलेले अब आफू पार्टी अध्यक्ष नभएको प्रष्ट पारेका हुन् ।

उनले अब आफु महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी मात्र भएको बताए । उनले भने,”आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो, अब म अध्यक्ष रहिन्, महाधिवेशन आयोजक समितिको संयोजक मात्रै हो ।”

यससँगै पार्टी संरचना औपचारिक रूपमा महाधिवेशन आयोजक समितिमा परिणत भएको छ । कतिपयले जानकारहरुले प्रचण्डले चालेको यस कदमबाट पार्टीभित्र नयाँ नेतृत्वको तयारीतर्फ संकेत गरेको बताइरहेको छ ।

आज सम्पन्न माओवादीको केन्द्रीय बैठकले महाधिवेशन कहिले गर्ने भन्नेबारे निर्णय भने नभएको स्रोतले जनाएको छ । तर महाधिवेशनको लागि कार्ययोजना भने चाँडै सार्वजनिक हुने अपेक्षा माओवादीका नेता तथा कार्यकर्ताहरुले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्