सहारा क्लबमा दोहोरियो पुरानो नेतृत्व, अध्यक्षमा थापा निर्विरोध निर्वाचित
  • प्रमुख खबर

Oplus_131072

असोज ११, पोखरा ।।
पोखराको खेलकुद र सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्था सहारा क्लव पोखराको अध्यक्षमा पुनः केशव बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको १४औं अधिवेशन तथा २७औं साधाराण सभाले आगामी दुई वर्षका लागि पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो ।

यस अघि उनले २०७४ देखि ०७८ सम्म दुई कार्यकाल अध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।

अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङ र थापाद्वयले अध्यक्षमा दावेदारी गरेसंगै अधिवेशन दुई दिन लम्विएको थियो । तर अन्ततः सहमति भएसंगै थापा अध्यक्षमा पुनः दोहोरिएका हुन् ।

सम्पन्न अधिवेशनमा पूर्ण बहादुर गुरूङ वरिष्ठ उपाध्यक्षमा दोहोरिएका छन् । उनी तेस्रो कार्यकालका लागि सो पदमा पुनः दोहोरिएका हुन् ।

त्यस्तै उपाध्यक्षमा बिनुराना मगर, महासचिवमा गंगाराम पौडेल, सचिबमा ज्ञानेन्द्र गुरूङ, कोषाध्यक्षमा लिल बहादुर थापा र सह कोषाध्यक्षमा विष्णु गुरूङ निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा रोजिना गुरूङ, अम्बर राजभण्डारी, विजय गुरूङ, प्रमिला घले, शैलेस गुरूङ र ज्योती केसी निर्विरोध निर्वाचित भएका छन् ।

यस अघि कार्यसमितिमा रहेका उपाध्यक्ष चित्र बहादुर पुन, महासचिब रामजी प्रसाद अधिकारी र सचिव टंकराज पौडेल कार्यसमितिबाट बाहिरिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्