समाजवादी मोर्चाबाट विप्लव अलगियो, नयाँ सहकार्यको संकेत
  • प्रमुख खबर

कार्तिक २६, काठमाडौं ।।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ। पार्टी महासचिव विप्लवले बुधबार(आज) बिहानै विज्ञप्ति जारी गर्दै यो निर्णय सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “२०८० सालमा नेपालका चार पार्टी सहभागी समाजवादी मोर्चा निर्माण गरिएको थियो। राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारविरुद्धको संघर्षको पहल गर्ने उद्देश्यसहित मोर्चा गठन गरिएको थियो। मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रमहरू पनि गर्‍यो, तर अपेक्षित रफ्तारमा काम अगाडि बढ्न सकेन।”

महासचिव विप्लवका अनुसार हाल ‘जेनजी विद्रोह’ पछि नेपालको राजनीतिक परिवेशमा व्यापक परिवर्तन आएको र सबै राजनीतिक शक्तिहरू नयाँ ढंगका साथ एकता र मोर्चाबन्दीमा जुटिरहेका छन्।

उनले भनेका छन्, “सोझै भन्नुपर्दा, समाजवादी मोर्चाको आजको स्वरूपमा औचित्य समाप्त भएको हाम्रो निष्कर्ष हो।”

विप्लवद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा, हाल तीन वामपन्थी दलहरूबीच पनि नयाँ सहकार्य र बहसहरू अघि बढिरहेका छन् र भविष्यमा एकताबद्ध नेपाली कम्युनिस्ट पार्टीको निर्माण सम्भव रहेको विश्वास पार्टीले व्यक्त गरेको भनिएको छ।

यही कारणले पनि उसले आफूहरूको यस जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको विज्ञप्तिमा भनेका छन्।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्