जेन्जी विद्रोहपछि बनेको सरकार फेरि विवादमा, अवैध डिम्ब प्रकरणले पूर्न:राजनीतिमा खैलाबैला
  • प्रमुख खबर

Oplus_131072

कार्तिक ३०, काठमाडौं ।।
नाबालिकमाथि भएको अवैध डिम्ब (ओभरियन एग) प्रकरणमा पर्याप्त प्रमाण र सिआईबीको सिफारिस हुँदाहुँदै मुद्दा अघि नबढेको घटनाले युवाहरू आन्दोलित बनेका छन्।

यसै विषयलाई लिएर जेन्जी मुभमेन्ट नेपालले आइतबार(आज) प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्तामाथि “मामिला दबाएको” आरोप लगाउँदै तत्काल छानबिनको माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहले सिआईबीले संलग्न चिकित्सक तथा सञ्चालकविरुद्ध कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्ट सिफारिस गरे पनि मुद्दा रोकिएको निर्णय सत्ताको प्रत्यक्ष हस्तक्षेप र भ्रष्टाचारको संकेत भएको बताएका छन् ।

आज जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री र महान्यायाधिवक्ताको समन्वयमा संवेदनशील मुद्दा दाबिएको देखिन्छ, जुन न्यायिक स्वतन्त्रतामै आघात हो।”

अवैध डिम्ब प्रकरणमा नाबालिक पीडितका प्रमाण, बयान र सिआईबीको सिफारिस हुँदाहुँदै मुद्दा नै रोकिएको घटनाले न्यायिक स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै जेनजी मुभमेन्ट नेपालले कडा आपत्ति समेत जनाएको छ।

मुभमेन्टले यस घटनालाई लिएर नाबालिक पीडितविरुद्ध भएको अपराधलाई राज्यकै संरचनाले ढाकछोप गरेको जोखिमयुक्त उदाहरणको रूपमा प्रस्तुत गरेको छ।

यस्तै जेन्जी विद्रोहपछि बनेको “सत्ता कू सरकार” एकपछि अर्को घोटाला र कमिशन प्रकरणमा फसिरहेको आरोप पनि विज्ञप्तिमार्फत लगाएको छ।

यस मुभमेन्टले छानबिन समिति गठन गर्न, मुद्दा पुनः दर्ता गर्न र जिम्मेवार पदाधिकारीमाथि कानुनी कारबाहीको माग अघि सारेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्