प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग संयुक्त र छलफल गर्दै
  • प्रमुख खबर

Oplus_131072

मंसिर ३, काठमाडौं ।।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग संयुक्त रुपमा छलफल गर्ने भएकी छन्।

प्रधानमन्त्री कार्कीले बुधबार(आज) दिउँसो ४ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा राजनीतिक दलहरूसँग संयुक्त छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई सहभागी गराइने यस भेटवार्तामा सरकारका हालका गतिविधि, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनबारे छलफल हुने बताइएको छ।

यसअघि पनि प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिसँग चुनावी तयारीका विषयमा परामर्श गरिसकेकी छिन्। तर शीर्ष नेताहरूसँग भने उनको औपचारिक भेटवार्ता हुन बाँकी रहेको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्