लोकतन्त्रमा अराजकता अस्वीकार्य:सिमरा घटनालाई लिएर प्रधानमन्त्री कार्कीको प्रतिक्रिया
  • प्रमुख खबर

Oplus_131072

मंसिर ४, काठमाडौं ।।
बाराको सिमरामा उत्पन्न तनावलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक वातावरणमा अराजक व्यवहार कतैबाट स्वीकार्य नहुने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बद्ध निकायलाई कडा निर्देशन दिएको उल्लेख गरेकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको अधिकार भएपनि त्यसको नाममा सार्वजनिक संरचना क्षति पुर्‍याउने, विमानस्थलजस्ता संवेदनशील क्षेत्र अवरुद्ध गर्ने वा कानुन हातमा लिने छुट कसैलाई नहुने स्पष्ट पारिन्।

उनले गृह प्रशासन तथा सुरक्षा एजेन्सीहरूलाई शान्ति–सुरक्षाको लागि संयमित तर दृढ व्यवस्थापनमा जुट्न, चुनावी माहोललाई निष्पक्ष र भयमुक्त बनाउन आवश्यक तयारीसहित काम गर्न आग्रह गरिन्।

त्यस्तै प्रधानमन्त्री कार्कीका अनुसार राजनीतिक आवेगले तनाव बढाउने हुँदा यस्तो कार्यबाट सबै टाढा रहनु आवश्यक भएको र लोकतान्त्रिक अभ्यासमै समस्या समाधानको बाटो खोजिनुपर्छ।

बाराको सिमरा विमानस्थल गेट बाहिर हिजो एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि साँझसम्म कर्फ्यु जारी गरिएको थियो।

परवानीपुरमा आयोजना गरिएको एमाले कार्यक्रम अवरुद्ध गर्न जेनजी युवाहरूले प्रयास गरेको आरोप एमालेले लगाएको छ भने जेनजी पक्षले उल्टै एमाले कार्यकर्ताबाट कुटपिट र दुर्व्यवहारको सामना गर्नु परेको दाबी गरेको छ। यस घटनाले हिजो सिमरा हिजो तनावग्रस्त बनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्