रुपा गाउँपालिकामा मुटु स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • संजय थापा

मंसिर ०७, पोखरा ।।
पोखराको रूपा गाउँ पालिकाले रोगबाट वचन कसरी सकिन्छ भन्ने बिषयमा शुक्रबार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । “रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो” भन्ने उक्तिलाई मनन गर्दै रुपा गाउँ पालिकाले यस कार्यक्रम अगाडि बढाएको हो ।

बिश्वमा घातक मानिएको मुटु सम्बन्धी रोगबाट नेपाल पनि उतिकै जोखिममा रहेको यथार्थलाइ सम्बोधन गर्दै बिभिन्न स्थानिय तहका सरकारले आफ्ना नागरीकलाइ मुटु रोगबाट सचेत रहन विभिन्न अभिमुखिकरण कार्यक्रम गर्दै आएको पाइन्छ । यसै अबसरमा शुक्रबार रुपा गाउँ पालिकाले आफ्नो पालिका भित्र रहेका नागरिकहरुलाइ मुटुरोग बाट बच्न र बचाउन साबधानी अपनाउनेबारे एक दिबसिय अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा रुपा गाउँ पालिका भित्र रहेका बिध्यालयका शिक्षक , स्वास्थ्यकर्मी , कर्मचारी , जनप्रतिनिधि र पत्रकारहरुलाइ भेला गराएर नेपालका चर्चित कार्डियो भास्कुलर विशेषज्ञ डाक्टर सुर्य देवकोटाले अभिमुखिकरण गराएका थिए ।


कार्डियो भास्कुलर बिषयमा डिएम डिग्री हासिल गरेका देवकोटाले मुटु रोग कसरी लाग्छ, त्यसबाट जोगिने उपाए र लागी सकेमा के गर्ने भन्ने बारेमा जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमले सामाजमा सकरात्मक भावना पैदा गर्ने साथै स्वास्थ्य लाभमा राहात मिल्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका माननीय साम्सद प्रकाश बराल , रुपा गाउँ पालिकाका उपाध्यक्ष लाल्सुब्बा गुरुङ , प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पौडेल , लगायतको सहभागीता रहेकोथियो । त्यस्तै कार्यक्रममा रुपागाउँ पालिकाका अध्यक्ष नवराज ओझाले आफ्नो पालिकाका नागरिकलाई मुटुरोग जस्तो गम्भीर रोग लाग्न बाट जोगाउन यस्तो कार्यक्रम गर्नुपरेको बताए ।  रुपा गाउपालिकाको आयोजनामा भएको कार्यक्रममा टाइगर ग्रुप नेपाल , होटल पिस प्लाजा लेकसाइड , र हेल्दी हार्ट नेपालको सहकार्य रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्