६ दलको सहमतिमा मधेशमा कांग्रेसको सरकार, मुख्यमन्त्री बने कृष्णप्रसाद यादव
  • प्रमुख खबर

Oplus_131072

मंसिर १९, जनकपुर ।।
मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम यादवलाई शुक्रबार(आज) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आज दिउँसो बसेको ६ दलका नेताको बैठकमा कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्रीमा दाबी छोडेपछि कांग्रेसका यादवको नाममा सहमति जुटेको हो ।

यादवले मुख्यमन्त्रीको लागि ७७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए। उनले पेश गरेको यही दाबी आज निर्णायक बनेको हो ।

यादवको नेतृत्वमा बन्ने सरकारलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टीले समर्थन जनाएका छन्।

यसअघि मुख्यमन्त्री रहेका सरोजकुमार यादव ले विश्वासको मत पाउने सम्भावना कमजोर बनेपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि सुरु भएको सत्ता खेल अन्ततः कांग्रेसको पोल्टामा पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्