२०४६ यताका सबै उच्चपदस्थको सम्पत्ति छानबिन होस्- प्रचण्ड
  • प्रमुख खबर

मंसिर २३, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्म चर्चामा आएका सबै काण्ड र २०४६ पछि उच्च पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पुनः उठाएका छन्।

भ्रष्टाचार विरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले आफ्नो कार्यकालमा सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनाइएको र ठूला भ्रष्टाचार काण्डको निःपक्ष छानबिन अघि बढाइएको दाबी गरे। उनका अनुसार दलाल र भ्रष्ट तत्वहरूको स्वार्थमा चोट पुगेकाले आफ्नो नेतृत्वको सरकार नै षड्यन्त्रपूर्वक ढालिएको थियो।

उनले भुटानी शरणार्थी प्रकरणसहितका गम्भीर मुद्दामा राजनीतिक पूर्वाग्रहबिना कारबाही अघि बढाइएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान नभई निरन्तरको सङ्घर्ष भएको बताए।

प्रचण्डले यो दिवसले सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति सबैलाई थप जिम्मेवार बनाउने र भ्रष्टाचारमुक्त, समृद्ध तथा समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई सुदृढ गर्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्