मंसिर २३, काठमाडौं ।।
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रामचरित्र मेहता र विश्व एन्टी डोपीङ एजेन्सी (वाडा)का एशोसिएट डाइरेक्टर एमिलियानोबीच भेटवार्ता भएको छ ।
मंगलबार(आज)राष्ट्रिय खेलकुद परिषदमा भएको उक्त भेटवार्तामा सदस्य सचिव मेहताले नेपालमा राष्ट्रिय एन्टिडोपीङ एजेन्सी गठन गरिसकेको भन्दै अब वाडाले अधिकार प्राप्त राष्ट्रिय एन्टिडोपीङ एजेन्सीसंग मात्र सम्बन्ध राखी काम गर्न सुझाव दिएका छन्।
यस अवसरमा विश्व एन्टी डोपीङ एजेन्सीका एशोसिएट डाइरेक्टर एमिलियानोले राष्ट्रिय एन्टिडोपीङ एजेन्सीलाई नै आधिरकारिक मान्यता दिँदै नेपालको एन्टीडोपिङ यात्रा पारदर्शी, उत्तरदायी र राज्य–प्रणाली अनुसार चल्ने र सहकार्य गरेर स्वच्छ, निष्पक्ष र मर्यादित खेलकुदतर्फ अघि बढ्ने बताए।
सो भेटवार्तामा राष्ट्रिय एन्टिडोपीङ एजेन्सीका संयोजक डाक्टर असिम भण्डारीको पनि उपस्थिती थियो ।

यस्तै आजै सदस्य सचिव मेहतासँग चीनिया राजदुतावासका प्रतिनिधिले समेत भेट गर्दै जिम्मेवारीका लागि बधाईसँगै शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै नेपाली खेलकुदको सुदृढिकरणका विषयमा समेत छलफल भएको छ । यसैबीच नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता २०२६ आयोजनाका सम्बन्धमा पनि छलफल भएको राखेपले जनाएको छ ।
विषेशगरी यस दुईपक्षीय भेटले यस भेटले नेपाल र चीनबीचको खेलकुद सम्बन्धलाई अझ मजबुत बनाउँदै आगामी दिनमा अन्तर्राष्ट्रिय सहकार्यका लागि नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।













