प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ एक सय दल मैदानमा, ४३ वटा दल बाहिरियो
  • प्रमुख खबर

मंसिर २४, काठमाडौं ।।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सय वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।

आयोगले निर्धारण गरेको समयसीमाभित्र दलहरूले निवेदन दर्ता गराएका हुन्।

निर्वाचन आयोगका अनुसार हाल आयोगमा दर्ता भएका कुल १ सय ४३ राजनीतिक दलमध्ये एक सय दलले मात्र समानुपातिकतर्फ सहभागिता जनाउँदै आवेदन दिएका छन् भने ४३ वटा दल यो प्रक्रियाबाट बाहिरिएका छन्।

आयोगले मंसिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय तोकेको थियो।

उक्त अवधिमा एकल चुनाव चिह्न लिएका तथा संयुक्त चुनाव चिह्नमार्फत प्रतिस्पर्धा गर्ने दलहरूबाट निवेदन प्राप्त भएको आयोगको भनाइ छ।

यस्तै प्राप्त आवेदनहरू उपर आवश्यक अध्ययन र जाँच प्रक्रिया पूरा गरी मंसिर २७ गतेसम्म स्वीकृत गरिने निर्वाचन आयोगले जनाएको छ।

आयोगको स्वीकृति पछि मात्र दलहरू समानुपातिक निर्वाचन प्रक्रियामा औपचारिक रूपमा सहभागी हुन पाउनेछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्