एनपीएल इलिमिनेटरमा आज काठमाडौं र लुम्बिनी फाइनल प्रवेशका लागि भिड्दै
  • प्रमुख खबर

Oplus_131072

मंसिर २४, काठमाडौं ।।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तिम चरणमा पुगेको छ। बुधबार(आज) हुने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

खेल त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा दिउँसो ४ बजे सुरू हुनेछ। आजको खेल दुवै टोलीका लागि निकै चुनौतीपूर्ण रहनेछ।

आजको खेलको विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

यस्तै आजको इलिमिनेटर जित्ने टोलीले भोलि हुने दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल पुग्न अब दुई खेल जित्नुपर्ने समीकरण बनेको छ।

यसअघि हिजो भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरिसकेको छ।

योसँगै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक एनपीएलको फाइनलमा पुगेर कीर्तिमान कायम गर्न सफल भएको छ।

गत वर्ष सम्पन्न भएको एनपीएलको पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ड्ससँग पराजित भएको थियो।

यसपटक टोली उपाधि जित्दै अघिल्लो हारको बदला लिने लक्ष्यसहित शनिबार हुने फाइनलमा मैदान उत्रने तयारीमा छ।

आजको इलिमिनेटर खेललाई लिएर काठमाडौं र लुम्बिनी दुवै टोलीका समर्थकहरू उत्साहित छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्