पुस, ०२ काठमाडौं ।।
नेकपा एमालेले नेतृत्व चयनका लागि गरेको मतदानमा अहिलेसम्म ३१२ मत खसेको छ । सबैभन्दा पहिला अध्यक्षका उमेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका थिए । त्यसपछि पदाधिकारीका उमेदवारले मतदान गरेका थिए ।
अहिलेसम्म ३१२ मत खसेको प्राविधिकले जनाएका छन् । उनका अनुसार यो संख्या करिब साढे २ घण्टाको हो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिष्पर्धामा उत्रिएका छन् भने महासचिवमा शंकर पोखरेर र सुरेन्द्र पाण्डे प्रतिष्पर्धामा छन् ।
बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि कम्तिमा पनि एक घण्टा ढिला गरी सुरु भएको थियो । प्राविधिकहरुले दिएको जानकारीअनुसार मतदान गर्न कम्तिमा पनि ४० मिनेटजति लागेको छ । विद्युतीय मतदानको व्यवस्था गरिएको भए पनि उमेदवारको संख्या ठूलो भएका कारणले समय लागेको हो ।












