नान्जिङमा नेपाली तेक्वान्दोको दबदबा, २६ पदकसहित ऐतिहासिक सफलता
  • प्रमुख खबर

Oplus_131072

पौष २०, काठमाडौं ।।
नेपाली तेक्वान्दो खेलाडीका लागि चीनको नान्जिङ शहर गर्वको मञ्चका रूपमा स्थापित भएको छ । “एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनशिप”मा सहभागी नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै गर्विलो इतिहास रचेको छ।

उक्त प्रतियोगितामा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी कुल २६ पदक हात पारेका छन्।

तेक्वान्दो खेल अन्तर्गत गेरोगी, पुम्से र स्पिड किक विधामा प्रतिस्पर्धा गरेका नेपाली खेलाडीले एशियाली प्रतिस्पर्धीबीच आफ्नो क्षमता र आत्मविश्वासको सशक्त प्रदर्शन गर्न सफल भए।

यस्तै स्वर्ण पदक जित्दै नेपालको झण्डा उच्च राख्ने खेलाडीमा जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गीता विष्ट रहे।

त्यस्तै आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत पदक जितेर टोलीको पदक संख्या अझ मजबुत बनाए।

कांस्य पदक तर्फ पनि नेपाली खेलाडीको उपस्थिति उल्लेखनीय रह्यो।

एभिनजङ्ग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पाले कांस्य पदक जित्दै नेपालको पदक खातालाई २६ मा पुर्‍याए।

उक्त टोलीको तयारी र रणनीतिमा प्रशिक्षक सरोज तामाङ र विकेश बिडारीको भूमिका महत्वपूर्ण रहेको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्