आर्मीलाई सोझो सेटमा पाखा लगाउँदै छैटौं टाइगर कपमा पर्वत बन्यो तेस्रो
  • प्रमुख खबर

माघ १७, पोखरा ।।
आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।

पर्वत भलिबलले पहिलो सेट २५–१९, दोस्रो सेट २९–२७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो बनेसँगै पर्वत भलिबलले २ लाख ६ हजार ६६६ रुपैयाँ पाएको छ ।

अब उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्दै छन् । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ पाउनेछन् ।

यसअघि शुक्रबार भएको महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोट्स क्लबले उपाधि जितेको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्