काँहु डाडाँलाई पोखराको चिनारी बनाउछौं, रश्मि एमालेको साथमा छौ नेकपा एमाले ११
  • प्रमुख खबर

फागुन ११,पोखरा ।।

नेकपा (एमाले) कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले एमालेलाई कमजोर पार्ने दिवा सपना नदेख्न र एक ढिक्का भएर चुनावमा होमिएको बताएका छन।

कास्कीमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्ण थापाको नेतृत्वमा चुनावी अभियानमा रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टीका नेता कार्यकर्ता र कास्की दुई बासिको भरपर्दो र अग्रज नेताहरूको रहर लाग्दो साथले आफ्नो बिजय सुनिस्चित भैसकेको बताए ।

कास्की क्षेत्र नं. २ मा एमाले कमजोर भएको भन्ने निराधार हल्लालाई भेटघाटको क्रममा क्षेत्रबासिको असिम माया र प्रेरणाले असत्य साबित गरिसकेको भन्दै उम्मेदवार आचार्यले जनसाथले नै आफ्नो बिजय यात्रा घनिभुत हुँदै गरेको दाबी गरे । एमाले एकजुट भएर चुनावी मैदानमा छ । कसैले हल्ला फैलाउदैमा एमाले कमजोर बन्दैन, भारी मतका साथ जित्नेमा ढुक्क छु । युवा पुस्ताको भावना समेट्दै सम्बृदिको बाटोमा एमाले लम्केको छ । रहेका छौ उनले भने ।

आफ्नो स्पस्ट योजना र समृद्धिको खाका लिएर जनता समक्ष पुगेका उम्मेदवार आचार्यले सोमबार पोखरा महानगर पालिका वडा न ११ मा उक्त कुरा बताएका हुन्।

एमाले सधैं बिचार,योजना र जन अपेक्षा मुताबिक चल्ने पार्टी भएको हुँदा कास्की क्षेत्र न २ का जनताको चाहना अनुसार आफू उम्मेदवार बनेको स्मरण गर्दै जस्ता जुकै अफबाह फैलाए जनताको जनमतले हामी जितनेमा ढुक्क भएको बताए ।

कास्की क्षेत्र न २ को मध्यभागमा रहेको सुन्दर पर्यटनको केन्द्रको रूपमा बिकसित हुदै गरेको काहुँडाडा अब उत्तरतिरको भाग र दक्षिणतिरको भागलाई जोड्ने ” “लिन्किङ हिल” बनाउनु पर्छ आचार्यले भने । साँस्कृतिक र धार्मिक पर्यटनको बिकास ,बिस्तार र प्रचारमा काहुँ सहित पोखरा वडा नं. ११ क्षेत्र विशेष बन्न सक्ने भन्दै आचार्यले बिकासको गति प्रभाबकारी र परिणाममुखी बनाउन आफू कटिबद्धताका साथ लाग्ने उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्