प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी: नेकपाका संयोजक प्रचण्ड
  • प्रमुख खबर

Oplus_131072

फागुन १३, काठमाडौं ।।
आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन् ।

बुधबार(आज)केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवी सहितको बैठकमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले आफूहरूको पोलिटिकल लाइन क्लियर भएको बताउँदै ‘इफ’, ‘बट’ केही नराखेको सिधा राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा भन्ने भएकाले ‘कन्फिडेन्स’ आएको बताए ।

उनले भने, “निष्पक्ष निर्वाचन हुने हो भने हाम्रो पक्षमा राम्रो रिजल्ट निस्कन्छ । पहिलाको भन्दा राम्रो हुन्छ भनेर हाम्रा कट्टर विरोधीले पनि भन्न थालेका छन् ।”

सो बैठकमा सहभागी नेता प्रमेश हमालले पनि फागुन २१ मा हुने निर्वाचनमा नेकपाले प्रत्यक्षमा ६० सिट जित्ने ब्रिफिङ गरेको बताए ।

उनले समानुपातिकतर्फ कम्तीमा २० देखि २५ लाख मत ल्याउने जिकिर गरे । विभिन्न राजनीतिक दल मिलेर बनेको नेकपाले देशभर १ सय ६४ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

यस्तै नेकपाले जित्ने सम्भावना भएको क्षेत्रमा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई राखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्