मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली विजयी अन्य ५ उम्मेदवारले भने जोगाउन सकेनन् जमानत
  • प्रमुख खबर

Oplus_0

फागुन २२, मुस्ताङ ।।
प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। उनको जितसँगै नेपाली कांग्रेसले आफ्नो खाता खोलेको छ ।

यस्तै उनको जितसँगै मुस्ताङमा प्रतिस्पर्धा गरेका ८ मध्ये ५ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ। सो क्षेत्रबाट कांग्रेसका ३२ वर्षीय उम्मेदवार योगेश गौचन थकालीले ३ हजार ३ सय ७ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ५६ वर्षीय इन्द्र धारा डादु विष्टले १ हजार ८ सय ६ मत प्राप्त गरे।

निर्वाचन कानुन अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ।

प्राप्त तथ्यांक अनुसार मुस्ताङमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित ५ वटा साना दलका उम्मेदवारले १० प्रतिशत मत कटाउन नसक्दा उनीहरूको जमानत जफत भएको हो।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार कमला लालचन, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का ङुटुक गुरुङ, आम जनता पार्टी(आजपा)का अजय बि.क. र मंगोल नेशनल अर्गनाइजेसनको यम बहादुर गुरुङ रहेका छन् । जसमा राप्रपाका लालचनले १६१ मत, नेकपाका गुरुङको १५१ मत, आजपाका उम्मेदवार बि.क.ले ९ मत
र मंगोल नेशनल अर्गनाइजेसनका गुरुङले जम्मा ३ मत मात्र प्राप्त गरेका थिए ।

मुस्ताङमा कूल सदर मत ६ हजार २ सय ८१ रहेकोमा जमानत जोगाउन कम्तीमा ६२८ मत ल्याउनुपर्ने थियो। जसमध्ये कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारले मात्र यो सीमा पार गर्न सफल भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्