रास्वपाको संसदीय दल पुनर्गठन : गणेश पराजुली उपनेता चयन
  • प्रमुख खबर

वैशाख ३,काठमाडौं।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रतिनिधिसभा संसदीय दलको संरचना पुनर्गठन गर्दै महत्वपूर्ण जिम्मेवारीहरू बाँडफाँट गरेको छ। आज बसेको संसदीय दलको बैठकले सांसद गणेश पराजुलीलाई उपनेताको जिम्मेवारी सुम्पिएको हो।

त्यसैगरी, पार्टीले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ भने सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ।

रास्वपाको संसदीय दलको नेतृत्व भने प्रधानमन्त्री बालेन शाहले गरिरहेका छन्। नयाँ जिम्मेवारी बाँडफाँटसँगै पार्टीले संसदमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्