वैशाख ४,काठमाडौं।।
नेकपा (एमाले) ले आफ्नो स्थापना दिवस देशभर विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउने निर्णय गरेको छ।पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको बैठकले महासचिव शंकर पोखरेलको अध्यक्षतामा यस्तो निर्णय गरेको हो।
बैठकले स्थापना दिवसलाई विशेष रूपमा मनाउने योजना बनाउँदै यसअघि तय गरिएका केही कार्यक्रमहरूमा संशोधन समेत गरेको जनाएको छ।निर्णयअनुसार, आगामी वैशाख ९ गते देशभरका सबै जिल्ला कमिटीहरूले अनिवार्य रूपमा आ-आफ्नो जिल्लामा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्नेछन्।
पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, काठमाडौं उपत्यकामा भने सोही दिन दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरिनेछ।












