अध्यादेशबारे राष्ट्रपतिको कानुनविद्सँग परामर्श, शीतलनिवासमा छलफल जारी
  • प्रमुख खबर

बैशाख १७,काठमाडौँ।।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा जारी उक्त छलफलमा संवैधानिक तथा कानुनी विषयमा परामर्श भइरहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।

छलफलका लागि शम्भु थापा, टिकराम भट्टराई, पूर्णमान शाक्य, भिमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसीलगायत कानुनविद्हरूलाई बोलाइएको छ।

यसअघि राष्ट्रपतिले सरकारको सिफारिसमा सहकारीसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्। बाँकी अध्यादेशहरूबारे भने थप कानुनी परामर्शपछि निर्णय लिने तयारी भएको जनाइएको छ।

सरकारले संवैधानिक परिषद्, केही नेपाल ऐन संशोधन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्