नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि, चाँदी पनि प्रतितोला ५ हजार नाघ्यो
  • प्रमुख खबर

आषाढ १, काठमाडौं ।।
सोमबार(आज) नेपाली बजारमा सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको छ ।

सुनको भाउ बढेसँगै आज सुन तोलाको २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार सुन प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला आज १२० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५ रुपैयाँ पुगेको छ ।

यसअघि गत सोमबार चाँदी ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्नका लागि सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ घटेको छ भने सुनचाँदीको मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्