वरिष्ठ पत्रकार तथा समाजसेवी केशवराज पराजुलीको निधन
  • प्रमुख खबर

असार १७, पोखरा ।।

वरिष्ठ पत्रकार तथा समाजसेवी केशवराज पराजुलीको निधन भएको छ। उनको गएराति करिब १२ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय पराजुलीको निधनले पोखराको सञ्चार तथा सामाजिक क्षेत्रमा शोक छाएको छ। निष्पक्ष पत्रकारिता, सामाजिक उत्तरदायित्व र विभिन्न सामाजिक अभियानमा उहाँले पुर्‍याएको योगदानलाई सम्झँदै पत्रकार, सामाजिक अगुवा तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

पराजुलीले पत्रकारितामार्फत समाजका विविध मुद्दालाई उजागर गर्नुका साथै सामाजिक सेवाका विभिन्न गतिविधिमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनले पत्रकारिता क्षेत्रले एक अनुभवी र प्रतिबद्ध व्यक्तित्व गुमाएको टिप्पणी गरिएको छ।

उनको निधनप्रति विभिन्न सञ्चारकर्मी, संघ–संस्था तथा शुभेच्छुकहरूले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्