साउन ८, पोखरा ।।
कास्की प्रहरीले प्राकृतिक स्रोतको अबैध रुपमा दोहन गर्ने स्काभेटर र टिपरलाई नियन्त्रणमा लिएको छ । पोखरा- २६ विजयपुरमा अवैध रुपमा माटो उत्खनन कार्यमा संलग्न १ थान स्काभेटर र ३ थान टिपरलाई नियन्त्रणमा लिएको हो ।
बिना स्वीकृति माटो उत्खनन भईरहेको छ भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले सो ठाउँको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा प्रहरीले माटो उत्खनन कार्यमा संलग्न ग १ क ३७८८ नम्बरको स्काभेटर र माटो लोड गरिरहेका ग १ ख ७७६६ नम्बरको टिपर, बा १ क ८१७७ नम्बरको टिपर र लु १ ख २९२० नम्बरको टिपरलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।

उनका अनुसार नियन्त्रणमा लिइएका स्काभेटर र टिपरलाई आवश्यक कारवार्हीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको छ । ति सवारी साधनका धनीबाट ७५ हजार रुपैयाँ जरिवाना असुल गरी छाडिएको पोखरा महानगरपालिका कार्यालयले जनाएको छ ।








