मङ्सिर १०,काठमाडौँ।।
रसुवामा आज बिहान आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी लिइएको थियो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन्।
साथै, उनले सबै सरोकारवाला निकाय तथा नागरिकलाई आ-आफ्नो स्थानबाट बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, खोज र राहतमा सक्रिय रूपमा जुट्न अपिल गरेका छन्।








