मानव बेचबिखन तथा ओसारपसारविरुद्ध २० औं राष्ट्रिय दिवस मनाईंदै
  • प्रमुख खबर

भाद्र २०, काठमाडौं  ।।
आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औं राष्ट्रिय दिवस मनाईंदैछ । सार्कको ११ औं शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि, २००२’ लाई नेपालको संसदले २०६३ साल भदौ २० गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ ।

यस वर्षको नारा ‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने रहेको छ । दिवसको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले संदेशमार्फत मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र पालिकासहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

त्यस्तै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्