विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु
  • प्रमुख खबर

भदौ २६,चितवन।।

भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।
आगलागीको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगो नियन्त्रणमा लिएपछि कारभित्र नाम, थर र ठेगाना नखुलेका एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

आगलागीबाट कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। मृतकको पहिचान तथा आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्