असोज ४, काठमाडौं ।।
परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन आइतबार(आज) संयुक्त राज्य अमेरिकाको प्रस्थान गर्दैछन् ।
उनीसहितको एक टोली आज साँझ ६ बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न महत्त्वपूर्ण बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने छन् ।
उनले त्यहाँ आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
उक्त महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।








