सरकारद्वारा १०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा ६ अर्ब ५४ करोड बजेट विनियोजन
  • प्रमुख खबर

Oplus_131072

असोज २८, काठमाडौं ।।
विद्यार्थी र अभिभावकलाई सामुदायिक विद्यालयप्रति
आकर्षण वृद्धि गर्न सरकारले पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गरेका २ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै चालु आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् । मन्त्री पोखरेलले यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिसकिएको बताएका छन् ।

निकासा भएको उक्त रकममार्फत ती ८९ वटा विद्यालयमा अत्याधुनिक १२ कोठाको तीन तले भवन निर्माणको काम अघि बढाइने भएको छ। प्रतिविद्यालय झण्डै ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्