पोखरामा शौचालयको च्याम्बरभित्र नवजात शिशु मृत फेला, १९ वर्षीया युवती पक्राउ
  • प्रमुख खबर

Picture of young child's hands in hand cuffs

कार्तिक १२,पोखरा।।

पोखराको लेकसाइडस्थित एक घरको शौचालयको च्याम्बरभित्र नवजात शिशु मृत फेला परेको घटनामा प्रहरीले १९ वर्षीया युवतीलाई पक्राउ गरेको छ।

गत कात्तिक ३ गते साँझ करिब ७ः४० बजे शौचालयको च्याम्बरभित्र नवजात शिशु मृत अवस्थामा फेला परेको थियो। घटनाबारे अनुसन्धान गर्ने क्रममा उक्त शिशु पोखरा महानगरपालिका–२१, कृष्ती माइती भई स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ घर भएकी १९ वर्षीया निरूता नेपालीको रहेको खुलेको प्रहरीले जनाएको छ।

नेपाली पोखरा महानगरपालिका–६, लेकसाइडस्थित तोडबहादुर थापाको घरमा भाडामा बस्दै आएकी थिइन्।घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनलाई कात्तिक ४ गते पोखरा महानगरपालिका–२१, लुकुमस्वराबाट पक्राउ गरेको हो। पक्राउपछि उनको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेकी नेपालीमाथि अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्