नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले लिए शपथ
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १२, काठमाडौं ।।
नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । पार्टीको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार(आज) शपथ ग्रहण गरेका हुन् ।

केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको समारोहमा सभापति गगनकुमार थापाले निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।

असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापति थापाले फूलपातिका दिन शपथ ग्रहण र पदबहाली गरेका थिए ।

उनले प्रतिष्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले जम्मा ३७५ मत ल्याएका थिए । महाधिवेशनबाट २३१ जना निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्