कार्तिक २९,काठमाडौं ।।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लिग चरणका दुई महत्त्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलले अंक तालिकाको अन्तिम समीकरण निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स सातौँ स्थानमा छ ।
त्यस्तै, दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ भने पोखरा पुछारमा रहेको छ ।आजका दुवै खेलले टोलीहरूको अन्तिम स्थान निर्धारण गर्नुका साथै अंक तालिकाको समीकरणलाई थप स्पष्ट पार्नेछ ।








