मौसम:पहाडी क्षेत्रमा बादल, केही स्थानमा हल्का वर्षाको सम्भावना
  • प्रमुख खबर

कार्तिक १८,काठमाडौं।।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

बिहीबार देशका हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्