इजरायललाई वार्षिक सैन्य सहायता रोक्ने ट्रम्पको घोषणा
  • प्रमुख खबर

कार्तिक १८,काठमाडौं।।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग यस विषयमा सहमति भइसकेको उल्लेख गर्दै ट्रम्पले अब अमेरिकाले इजरायललाई वार्षिक करिब चार अर्ब अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध नगराउने बताएका हुन् । यसबारे रोयटर्सले समाचार प्रकाशित गरेको छ।

यद्यपि, आवश्यक परेको अवस्थामा हतियार बिक्री तथा अन्य माध्यमबाट इजरायललाई सहयोग जारी रहने ट्रम्पको भनाइ छ।अमेरिकामा मध्यावधि निर्वाचन र त्यसको नतिजा सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो घोषणा आएको हो। उनले इजरायललाई दिइने सैन्य सहायतालाई केही डेमोक्र्याट नेताहरूले रिपब्लिकन पार्टीको आलोचना गर्ने राजनीतिक मुद्दा बनाएको आरोप लगाएका छन्।  यस विषयलाई राजनीतिक विवादको मुद्दा बन्न नदिन सहायता रोक्ने निर्णय गरिएको उनको भनाइ छ।

अमेरिकाले सन् २०१९ मा भएको सम्झौताअनुसार इजरायललाई प्रत्येक वर्ष तीन अर्ब ८० करोड अमेरिकी डलर सैन्य सहायता उपलब्ध गराउँदै आएको छ। उक्त सम्झौता सन् २०२८ को सेप्टेम्बरसम्म कायम रहने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्