आसन्न चीन भ्रमणमा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीन उडानबारे छलफल हुने: प्रधानमन्त्री
  • प्रमुख खबर

पाेखरा ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे चीनसँग छलफल गर्ने बताएका छन् ।

शुक्रबार समाजवादी मोर्चाको गण्डकी स्तरीय सन्देश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पचण्डले आसन्न चीन भ्रमणको क्रममा उक्त विषयमा छलफल गर्ने बताएका हुन् ।

उनले कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको छ ।

त्यस्तै उनले उक्त सभालाई सम्बाेधन गर्दै ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भएको र यश विषयमा नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेकाे दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकार ‘निर्दोष नफसून्, दोषी नछुटून्’ भन्ने मान्यतामा रहेको समेत बताएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्