काठ्माण्डाैं ।।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन मिति तय भएको छ ।
राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनकाे मिति तय गरेकी हुन् । निर्वाचन फागुन २९ गतेका लागि तय भएको छ ।
अाज बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभाको नियमावली बमोजिम संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई अध्यक्षको निर्वाचनका लागि सूचना प्रकाशन गर्न निर्देशन समेत दिएकी छिन् ।
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भने भाेलि रहेकाे छ ।












