राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल
निर्वाचित भएका छन् ।

निर्वाचित पश्चात दहालले विशेषगरी राष्ट्रिय सभाको गरिमालाई माथि उठ्ने गरी सभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन सबै दलसँग सम्बद्ध सदस्यहरूलाई एकताबद्ध गरेर लैजाने विषयमा अाफु प्रतिबद्ध रहेकाे जानकारी दिएका छन् ।

दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्