गण्डकीमा नौ मन्त्रालय बनाउने सहमति, कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अझै असहमति
  • प्रमुख खबर

पाेखरा ।।

गण्डकी प्रदेशमा नौ मन्त्रालय बनाउने सहमति भएको छ ।सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गण्डकी प्रदेशमा नौ मन्त्रालय बनाउने सहमति भएको हाे ।

नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको बताएका छन् ।

प्रमुख सचेतक न्यौपानेलेआगामी आइतबारसम्ममा मन्त्रालयको बाँडफाँड टुङ्गाएर मन्त्रीहरुको शपथ गराउने तयारी भइरहेको जानकारी दिएका छन् । कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अझै सहमति भने नभएको उनले बताएका छन् ।

यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालयकाे सङ्ख्या १२ बाट घटाएर सातमा पु¥याइएको थियो तर अहिले दलहरुबीच मन्त्रालयको बाँडफाँड मिलाउन फेरि मन्त्रालय थप्ने सहमित भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्