४ करोड ४७ लाख रुपैयाँ लागतमा बनेकाे पोखरा -२७ को सुविधा सम्पन्न नयाँ भवन उद्घाटन
  • प्रमुख खबर

पाेखरा ।।

पोखरा महानगरपालिका वडा नं २७ को सुविधा सम्पन्न नयाँ भवन उद्घाटन गरिएको छ । महानगरपालिका मेयर धनराज आचार्यले उक्त भवनकाे आज(शुक्रबार) उद्घाटन गरेका हुन् ।

साे भवनकाे उद्घाटन गर्दै मेयर आचार्यले
सेवाग्राहीहरूलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्न यस प्रकारको पूर्वाधार आवश्यक रहेको बताएका छन् ।

साे भवन महानगरपालिकाले ४ करोड ४७ लाख रुपैयाँको लागतमा निर्माण गरेको हो । विशेषगरी वडावासीहरूलाई सहज रुपमा सेवा प्रदान गर्न साे भवनकाे निर्माण महानगरले गरेकाे हाे ।

वडाध्यक्ष पूर्णकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिल्मिसिना, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, दलका नेताहरू दिवसमान प्रधानांग र राधिका शाही योगी, वडा नं.२६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नं.५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, वडा नं.२९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, कार्यपालिका सदस्य तथा वडाका जनप्रतिनिधिहरू लगायत सरोकारवाला र स्थानीय बासिन्दाहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्