राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह कार्यक्रमको समापन धेरै कर तिर्ने करदातालाई सम्मान
  • प्रमुख खबर

मंसिर ०८, पोखरा ।।

आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्‍न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह कार्यक्रम २०८३ सम्पन्न गरेको छ । कर न्याय र सुशासनको सुनिश्‍चितताः समृद्धिमा नागरिक सहभागिता”भन्ने मुल नारा सहित सोमबार एक कार्यक्रमका बिच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको हो। राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकृत कुमान सिंह गुरुङले राजस्व लक्ष्य प्राप्‍तिका लागि सम्बन्धित निकायहरूले अफ्नो दायित्व पुरा गर्नुपर्ने बताए । उनले दर्ता दायित्व दाखिला दक्षता दायरा वृद्धि गर्ने दर घटाउने उचित दण्ड जरिवाना गर्ने जस्ता कार्यलाई प्राथमिकता दिनुपर्ने बताए। उनले नागरिक तथा व्यवसायीले आफ्नो कर दायित्व इमानदारीपूर्वक पूरा गर्दा राज्यको आर्थिक आधार बलियो हुने उनको भनाइ थियो। करबाट प्राप्त राजस्व नै मुलुकको विकास सार्वजनिक सेवा प्रवाह र समृद्धिको महत्वपूर्ण आधार भएकाले कर तिर्ने संस्कारलाई सबैले आत्मसात् गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुङ्गानाले कर कानूनको पालना गरी राजस्व संकलनमा योगदा नगर्नु हुने करदाताप्रति हार्दिक आभार व्यक्त गरे । उनले कार्यालयले प्रदान गर्ने सेवाहरूमा गुणात्मक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यकममा बोल्दै उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष शोभा गौतम चेम्बर अफ कमर्श पोखराका अध्यक्ष उमराज बास्तोला स्याङ्जा चेम्बर अफ कमर्शका अध्यक्ष श्री गुरूङ लगाएतका व्यवसायी संघ संस्थाका पादाधिकारीहरूले कर प्रशासन व्यवसायमैत्री बन्नुपर्नेमा जोड दिदै राज्यले व्यवसायीक वातावरण सुधार गर्न आवश्यक पहल कदमी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यलय अन्तर्गत रहेका करदाता मध्ये सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा टेम्पल ट्रि रिसोर्ट प्रा.लि. एक्सेस कन्स्ट्रक्सन प्रा.लि र कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

कात्तिक मसान्त सम्मको राजस्व
आन्तरिक राजस्व कार्यालय पोखराले कार्तिक मसान्त सम्ममा राजस्व संकलन लक्ष्यको १०४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयको ८ अर्ब ५४ करोड ८६ लाख 8६ हजार राजस्व संकलन गर्ने वार्षीक लक्ष्य रहेकोमा कात्तिक मसान्त सम्ममा २ अर्ब ३६ करोड ५ लाख २९ हजार राजस्व संकलन भएको छ। कार्यालयले कार्तिक मसान्त सम्ममाका लागि निर्धारित लक्ष्यको आयकर तर्फ १ अर्ब २६ करोड ८२ लाख ४९ हजार राजस्व संकलन गर्न सफल भएको छ। यसै गरी मूल्य अभिवृद्धि तर्फ ५४ करोड ९० लाख ९६ हजार संकलन गर्न सफल भएको छ।
कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा दर्ता हुने करदाताको संख्या ९० हजार रहेका छन्। यसैगरी मू.अ.करमा १५ हजार १ सय २० अन्तः शुल्कमा ५ हजार ५ सय ९६ दर्ता भएका छन्। व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या २ लाख ५२ हजार २ सय ५२ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्